नेपालगञ्ज-नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन, बाँकेले गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन्।

प्रवक्त महतले प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको बताए। तर, कांग्रेस सरकारमा जानलाई नभएको उनको भनाइ छ।

डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए। 

‘सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो, महतले भने। संसद्मा गुण र दोषका आधारमा संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने महतले बताए।