काठमाडौं - काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।  

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको छ।

गत २४ घण्टामा ९ सय २८  जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २८९ पुगेको छ ।