काठमाडौं-नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।

बिहीबार सुन तोलामा ४०० र चाँदीमा २५ रुपैयाले घटेकोमा आज शुक्रबार सुन ८०० र चादी ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।