आईसीसी विश्वकप लिग-२ : नेपाललाई स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य
काठमाडौं - जर्ज मुन्सेको अर्धशतकसँगै स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।
स्कटल्यान्डका ओपनर मुन्सेले सर्वाधिक ७५ रन बनाए। ६२ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। उनले फिनले माकरिथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे। फिनले ६२ बलमा ३ चौकासहित ३५ रनको साझेदारी गरे।
माइकल लिस्क २९, मार्क वाट २४ र म्याथ्यु क्रस १८ मा आउट हुँदा मिचेल इङ्लिस ३४ रनमा अविजित रहे।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४१ रन खर्चिए। करण केसी र नन्दन यादवले समान २ विकेट राखे।
आज देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू भएको हो ।
उक्त खेलमा नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस