रसियाले बनाएको कोरोना भ्याक्सिन किन्न यी २० देशहरुले गरे तयारी
एजेन्सी - रूसका राष्ट्रपति भ्लाद्मरि पुटिनले उनको देशले पहिलो कोरोनाको भ्याक्सिन बनाउन सफल भएको घोषणा गरेसँगै विश्वभर कोरोना नियन्त्रणका लागि ठुलो आशा जगाएको छ । यो भ्याक्सिनको नाम स्पटनिक भि रहेको छ ।
यो भ्याक्सिन प्राप्त गर्न २० देशले इच्छा देखाएको मिडिया रिपोर्टमा उल्लेख छ । इकोनोमिक टाइम्सका अनुसार भारत, साउदी अरेबिया, युएई, ब्राजिल, फिलिपिन्स, दक्षिण कोरिया लगायत २० वटा देशले उक्त भ्याक्सिन खरिदका लागि इच्छा देखाएका छन् ।
यस वर्षको अन्त्यसम्म २०० मिलियन डोजेज बनाउने तयारी भएको बताइएको छ । रसियालाई मात्रै ३० मिलियन डोजेज आवश्यक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सन् १९५७ मा रसियाले पहिलोपटक लन्च गरेको थियो । रसियाको गामालेया नेशनल सेन्टरले यो भ्याक्सिन बनाएको हो । विश्वका शक्तिशाली देशहरु पनि उक्त भ्याक्सिन आफ्नो देशमा छिटोभन्दा छिटो ल्याउन तयारी गरिरहेको खबर बाहिर आइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार रूसको स्वास्थ्य मन्त्रालयबाट उक्त भ्याक्सिन प्रयोगका लागि मञ्जुरी दिइसकेको छ । तर, यो भ्याक्सिन विश्व बजारमा कहिले आउँछ भन्ने चासो अधिंकाशमा रहेको छ ।
आफ्नी छोरीलाई समेत भ्याक्सिन दिएको खुलासा गरेका पुटिनले नै घोषणा गरेको यो भ्याक्सिन बजारमा आउन अझै दुई महिना लाग्ने बताइएको छ ।
पछिल्लो समय विश्वभर १०० भन्दा बढी वैज्ञानिकहरुको टिम कोरोना भ्याक्सिन बनाउन दिनरात लागि परेका छन् । विश्व स्वास्थ्य संगठनले मञ्जुरी दिएसँगै अन्य प्रक्रिया अगाडि बढ्ने बताइएको छ । रिपोर्टका अनुसार यो कदम निकै खतरनाक पनि हुन सक्नेछ । तर, विश्व स्वास्थ्य संगठनले मञ्जुरी दिएमा यसले विश्वभर ठुलो राहत दिने अनुमान गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस