दशैं बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दै
खबर एक्सप्रेस
२०८१-०६-२९ ०९:०६ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् ।
सरकारले दशैंको अवसरमा असोज २४ फूलपातीदेखि २८ गते द्वादशीसम्म बिदा दिएको थियो ।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैं भने पूर्णिमाका दिन समापन हुनेछ ।
यस्तै आज पनि टीका लगाउने क्रम जारी छ । टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस