झापामा बस र टिपर एकआपसमा ठोकिँदा १० जना घाइते
झापा - झापामा बस र टिपर ठोकिँदा १० जना घाइते घाइते भएका छन्।
जिल्लाको गौरादह नगरपालिका-५ स्थित स्कुलचन बजारमा आज बिहान ११ बजेतिर दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ जाँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका हुन्।
बस दुर्घटनामा घाइते हुनेमा बस चालक कृष्ण प्रसाद राजवंशीसहित यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री, ६ वर्षीया बालिका संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सिर्जना पराजुली र किस्मत खड्का रहेका छन्।
घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको उपचार गौरादह नगर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
टिपर चालक र दुर्घटना भएका दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस