वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौं - वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।
फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर राेगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए ।
‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए ।
चन्दकी एक छोरी र श्रीमती छन् । उनको निधनबारे निर्देशक दिपाश्री निरौलाले पनि फेसबुकमार्फत् जानकारी दिएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस