आज रवि लामिछानेसँग बयान लिँदै सहकारी छानबिन समिति
खबर एक्सप्रेस
२०८१-०५-०७ ०७:१६ मा प्रकाशित
Total Shares: 139
काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिँदैछ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा नाम जोडिएका पूर्व गृहमन्त्री लामिछानेलाई समितिले आज बयानका लागि बोलाउन लागेको हो ।
उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ ।
लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस