मोड्रिच अर्को सिजन पनि रियलमै रहने
खबर एक्सप्रेस
२०७८-०२-१२ ०९:४५ मा प्रकाशित
Total Shares: 315
काठमाडौं - स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले रियलसँग सन् २०२२ को जुन अन्तिमसम्मका लागि सम्झौता नविकरण गरेका हुन् ।
३५ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए । रियलका लागि मोड्रिचले चार पटक च्याम्पियन्स लिग, ३ पटक फिफा क्लब विश्वकप र २ पटक ला लिगा जितेका छन् भने एक पटक कोपा डेल रे जितेका छन् ।
सन् २०२०/२१ सिजनमा मोड्रिचले सबै प्रतियोगितामा गरि ४८ खेल खेलेका छन् । विश्वको उत्कृष्ट क्लबमा निरन्तर पाउँदा खुसी र गर्व लागेको मोड्रिचले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस