बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०१-१६ ०७:२१ मा प्रकाशित
Total Shares: 468
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला २४ घण्टामा तीन सय ६० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको हो ।
हालसम्म बेलायतमा १ लाख ५७ हजार संक्रमित छन् भने बितेको २४ घण्टामा ४ हजार ३सय नयाँ संक्रमित थपिए । बेलायत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकमध्ये एक हो ।
फेसबुक पेज Like गर्नुहोस