काठमाडौं, एजेन्सी - प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्ड बाटै बाहिरिएको छ ।

घरेलु मैदानमा भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा ८–७ ले पराजित हुँदै युनाइटेडको यो सिजनको एफ ए कपको यात्रा सकिएको हो ।   

निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । 

पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । खेलको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा म्याट क्रुक्सले गोल गर्दै मिडल्सव्रगलाई बराबरीमा ल्याएका थिए ।