एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी पूर्व उच्चअधिकारी जोन बोल्टनद्वारा आफ्नो हालै प्रकाशित किताबमा लगाइएका आरोपहरूलाई ‘शुद्ध कथा’ भनेका छन् ।

राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत जारीे सन्देशमा पूर्व राष्ट्रिय सुरक्षा अधिकारी बोल्टनलाई ‘सिक पपी’ भन्दै उनको कृतिलाई राष्ट्रपतिलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको सङ्कलन’ बताएका छन् ।

बोल्टनको किताब ‘शुद्ध कथा’ भएको ट्रम्पको दावी

पुस्तकमा मेरोबारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन् ।ह्वाइट हाउसले गलत कामहरूलाई रोक्ने पहल गरेको विवरणहरूलाई बोल्टनले तोडमोड गर्दै ‘ट्रम्प राष्ट्रपतिका रूपमा योग्य नभएको’ प्रमाण भएको बताएका छन् ।