ओलीको प्रश्न: चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?
खबर एक्सप्रेस
२०७८-०५-१९ ०३:४७ मा प्रकाशित
Total Shares: 392
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो भनेर प्रश्न गरेका छन् ।
शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘चीनसँग सीमा विवाद छैन्,’ ओलीले भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु, यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’
मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस