काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब पास हुने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबुल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले अब पारित हुने बताएका हुन्।

एमसीसी टेबुल भएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीले सोधको एमसीसी कहिले पास हुन्छ? भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘अब पास हुन्छ।’