कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या
खबर एक्सप्रेस
२०७७-०२-१६ ०२:११ मा प्रकाशित
Total Shares: 1176
काठमाडौं - बहराइनमा एक नेपालीले आत्महत्या गरेका छन् । कोरोना संक्रमित ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले क्वारेन्टिनमा उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् ।
एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत उक्त नेपालीले बिहीबार आत्महत्या गरेका हुन् । उनले क्वारेन्टिनभित्रकै बाथरुममा झुन्डिएर आत्महत्या गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् ।
राजदूत सुन्दासले अहिलेसम्म बहराइनमा ३ सय ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएको बताएका छन् । उनले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको जानकारी दिँदै नेपाली समुदायलाई नअत्तालिन आग्रह गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस