आर्सनल एफए कपबाट बाहिरियो
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कपबाट बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल नोटिङ्हम फरेस्टसँग १–० ले पराजित हुँदा तेस्रो चरणबाटै बाहिरिएको हो । फरेस्टको जितमा लेविस ग्राबनले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
आर्सनलले खेलमा ६७ प्रतिशत पकड जमाएपनि गोलमा परिणत गर्न भने सकेन । खेलाडीहरुको प्रदर्शनलाई लिएर प्रशिक्षक मिकेल आर्टेटा निराश बने ।
‘यो क्षण साँच्चिकै दुखदपूर्ण हो’ उनले भने। ‘यो एक प्रतिस्पर्धा हो जुन हाम्रो इतिहाससँग धेरै सम्बन्धित छ र आज यसबाट हामी बाहिरिनु ठूलो क्षति हो । आज हामी हाम्रो स्तरमा थिएनौं।’
आर्सनलले एफ कपको सर्वाधिक (१४) उपाधि जितेको छ । आर्टेटाले आर्सनलको प्रशिक्षक सम्हालेको सिजन नै अर्थात २०१९–२० मा आर्सनलले पछिल्लो पटक एफ ए कपको उपाधि जितेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस