काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा आर्सनले घरेलु टोली बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

बर्नलीको घरेलु मैदान टर्फ मूरमा भ्रमण टोली आर्सनलको जितमा मार्टिन ओडगार्डले निर्णायक गोल गरे । मार्टिनले खेलको ३० मिनेटमा गरेको गोलनै आर्सनलको लागि तिन अंकको लागि प्रर्याप्त रह्यो । 

बाँकी समय घरेलु टोली बर्नली र आर्सनलले गोलका केहि अवसर बनाएपनि सदूपयोग गर्न सकेनन् । पाँच खेल खेलेका आर्सनलको यो प्रिमियर लिगमा दोस्रो जित हो । यसअघि आर्सनल सुरुवाती तिन खेलमा ब्रेन्टफोर्ड, चेल्सी र म्यानचेष्टर सिटीसँग पराजित भएको थियो ।

शनिबार नै भएको अर्काे खेलमा म्यानचेष्टर सिटी साउथ ह्याम्पटनसँग गोलरहीत बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खराब प्रदर्शन गरेको सिटी अंक बाँड्न बाध्य भएको हो । अन्य खेलमा वार्टफोर्डले नर्विच सिटीलाइ ३-१ गोल अन्तरले पराजित गरेकाे  छ ।  

जितसँगै प्रिमियर लिगमा ब्रेन्टफोर्ड ५ खेलबाट ८ अंक सहित नवौँ स्थानमा छ । वार्टफोर्ड ५ खेलबाट ६ अंकसहित छैटाैँ स्थानमा छ । आर्सनल भने ६ अंकसहित १२ औं स्थानमा रहेको छ । सिटी भने ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।