पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतक संख्या १ सय ६४ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-०९ ०४:३९ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।
फेसबुक पेज Like गर्नुहोस