भ्रष्टाचार नगरेपछि पापीहरु बौलाउन थाले : मन्त्री किराती
खबर एक्सप्रेस
२०८०-०२-१४ ०९:३९ मा प्रकाशित
Total Shares: 85
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेटपनि नबस्ने घोषणा गरेका छन्।
पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको आफूले घुस नखाँदा र नखुवाउँदा केही मानिसहरु बौलाउन थालेको भन्दै आक्रोश पोखेका हुन्।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस