कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-२६ ०४:२९ मा प्रकाशित
Total Shares: 358
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् ।
आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको शून्य दशमलव ५८ प्रतिशत हो ।
फेसबुक पेज Like गर्नुहोस