दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर
खबर एक्सप्रेस
२०८१-०६-०७ ०२:२० मा प्रकाशित
Total Shares: 132
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।सोमबार बिहान प्रसाईं पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका छन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो । विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस