भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए आन्दोलनको बाटो पक्रन्छौं : उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटोमा जाने बताएका छन् ।
काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफल बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने उनको भनाई छ । उनले वन फडानी गरेर सुकुम्बासी व्यवस्थापन गर्न नहुनेमा जोड दिए।
अध्यक्ष यादवले भने,‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ।’
उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए। अध्यक्ष यादवले सरकारले देशलाई मरूभूमिकरण गर्ने कानून ल्याउने काम गरेको आरोप समेत लगाए।
उनले अध्यादेश पास भएमा सुकुम्बासीको नाममा भूमाफिया, बिचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्बासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा सुरू हुने जिकिर गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस