एमालेलाई विधि पद्धतिमा हिँडाउने प्रयास गरें : रावल
काठमाडाैं - नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावलले एमालेलाई विधि पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोट गरेको र सोहीअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
रावलले एमाले अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा पेश गरेको सूची अनुमोदन नगर्ने र निर्वाचनको प्रक्रियामा सहभागी हुने अडान राखेकै कारण एमालेले निर्वाचनबाट नेतृत्व चयन गरेको थियो ।
उक्त निर्वाचनमा केपी ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रावलले २२३ मत ल्याए भने ओलीले १८३७ मत ल्याएर दोस्रो पटक एमालेको अध्यक्ष बने । ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरेअनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा बुधवार लेखेका छन्, ‘मलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्दछु ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस