योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने
खबर एक्सप्रेस
२०७९-०२-१० ०४:४७ मा प्रकाशित
Total Shares: 194
काठमाडौं - राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी हुन् ।
साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिने उनले जानकारी दिइन् ।
फेसबुक पेज Like गर्नुहोस