काठमाडौं - भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको छ।
सत्तारुढ रास्वपाले बोलाएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन्।
यसअघि भदौ १० गते भोटेकोशीमा बाढी–पहिरो आएलगत्तै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।
आजको बैठकमा उक्त सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको हो।

.gif)


