परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण
काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेर सिधै सिंहदरबार पुगेका मन्त्री खड्काले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्का परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क जान लागेका हुन् ।
उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् । हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस