सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमपोखरी फुटेको आशंका
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 183
काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा आज दिउँसो भीषण बाढी आएको छ ।जिल्लाको पासाङ ल्यहामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको हो।माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने प्रहरीको आशंका छ ।
दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेनजिकै पुगेको छ।यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस