सरकारलाई रावलको प्रश्न: बालुवा, गिट्टी र महन्थलाई १० मन्त्री दिने कुराको सम्बन्ध छ कि ?
खबर एक्सप्रेस
२०७८-०२-१९ ०३:४७ मा प्रकाशित
Total Shares: 504
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सरकारले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने कार्य गर्न लागेको बताएका छन् ।
राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं अहिले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने कार्य हुन लागेको रावलको भनाई छ ।
उनले 'बालुवा, गिट्टीको निकासी र जसपा ९महन्थ० लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ?' भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस