चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापति बन्न उम्मेदवारी दिने भएका छन्।
रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। उनको उम्मेदवारीको प्रस्तावक प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह रहने खनालले जानकारी दिए।
रास्वपाको निर्वाचन कार्यविधिअनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ दस्तुर, एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुने व्यवस्था छ।
लामिछानेको उम्मेदवारीका लागि प्रस्तावकको टुंगो लागिसकेको भए पनि ५१ जना समर्थकको नामावली भने सार्वजनिक गरिएको छैन।
चितवनमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ। महाधिवेशनअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ।

.gif)



