डेढ वर्षीय छोरासहित आमा मृत फेला
जनकपुरधाम - धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा डेढ वर्षीय बालकसहित उनकी आमा मृत फेला परेपछि गाउँ शोकमा डुबेको छ।
स्थानीय २३ वर्षीया बबिता साह आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् भने उनका १८ महिने छोरा आरभ साह पूजा कोठाभित्र मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार मृतक बबिताका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन्।
उनी केही समयअघि घर आएर करिब २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयले बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस