काठमाडौं - अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ ।

कलेजोको समस्या रहेका उनको उपचारका क्रममा बुधवार भारतको नयाँदिल्लीमा निधन भएको हो । उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो ।

राकेशको शवलाई दिल्लीबाट नेपाल ल्याउने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनी राजेशका एक मात्र भाई हुन् ।