कांग्रेस केन्द्रीय सदस्यमा उषा राउतकाे उम्मेदवारी घोषणा,जित सुनिश्चित
काठमाडौं, लहान – नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सचिव उषा कुमारी राउत कांग्रेसको १४ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै अब उनी पार्टीको केन्द्रीय राजनीतिमा होमिएकी छिन् । उनी सिरहा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको चुनावबाट महाधिवेशन प्रतिनिधि/महासमितिमा निर्वाचित भएकी हुन् ।
उनी ०४८ सालमा नेपाल विद्यार्थी संघ (नेवि संघ) सिरहाको संस्थापक जिल्ला सह–सचिव थिइन । त्यसपछि ०५२–०५४ र ०५४–०५६ मा नेवि संघ सिरहाको जिल्ला उपाध्यक्ष भएकी थिइन । त्यसपछि किर्तिपुर केन्द्रीय क्याम्पसको इकाई समिति सदस्य भइन् ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष कान्ता सिंह मानन्धरले ०५६ सालमा महिला संघकी केन्द्रीय सदस्यमा मनोनित गरेकी थिइन । उनी महिला संघमा प्रखर वक्ताको रुपमा चिनिन्छ ।
०५० सालमा नेपाल पत्रकार महासंघ सिरहाको संस्थापक सभापति पनि भएकी थिइन् । त्यतिबेला देशभरिमा पहिलो महिला सभापतिको रुपमा उनी गनिएका थिए ।
विभिन्न महिला तथा मानवअधिकार संघ/संस्थामासमेत आवद्ध रहेकी उनी महिला र मानवअधिकारको पक्षमा वकालत गर्दै आएकी छन् । सक्रिय रुपमा महिला तथा मानवअधिकार विषयमा प्रशिक्षकको रुपमा काम गर्दै आएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस