ललितपुरमा चिनियाँ खोपको दोस्रो डोज ६ जेठबाट, यी २९ स्थानमा तोकियो खोप केन्द्र
खबर एक्सप्रेस
२०७८-०२-०४ ०९:०० मा प्रकाशित
Total Shares: 489
काठमाडौं - ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिन शुरु गरिँदैछ ।
ललितपुरमा भेरोसेलको दोस्रो डोज ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका वडाको केन्द्रमा लगाइने भएको छ। यसका लागि २९ वटा वडामा विभिन्न खोप केन्द्रहरु तोकिएका छन् ।
आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भइ खोप लगाउन अनुरोध गरिएको छ । खोप लगाउन जाँदा यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लग्नुपर्नेछ। सो खोप कार्यक्रम जेठ १३ गतेसम्म चल्नेछ ।


फेसबुक पेज Like गर्नुहोस