काठमाडौं -  वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार राति रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ती पुरुष मुटु रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि आइतबार राति करिब साढे ९ बजे उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । कुनै ट्राभल हिस्ट्री नरहेको ती पुरुषको भर्ना गरिएको केहि समयमै मृत्यु भएको हो ।