काठमाडौं - कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ । 

आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । 

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । 

यस खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।