वर्तमान सरकार चीनसँग सहयोग लिन डराउँछ : केपी ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्।
झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए।
अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’
देशको विकास अरु आएर नगरिदिने भन्दै उनले आफ्नो देशको विकास आफैँले गर्नुपर्ने बताए । अध्यक्ष ओलीले अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर नहुने समेत बताए ।
अध्यक्ष ओलीले पार्टीहरुले विकासको बारेमा जानकारी राख्नु पर्ने र कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर सोच्नुपर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस