जुत्तामा लुकाएर ल्याएको २ किलो सुनसहित कर्मा पक्राउ
खबर एक्सप्रेस
२०८१-०८-०७ १२:२१ मा प्रकाशित
Total Shares: 107
काठमाडौं काठमाडौं । दुई किलो सुनसहित रसुवाको कालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने कर्मा सोनाम लामालाई पक्राउ गरिएको हो ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको रसुवा प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस