पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२७ १०:४४ मा प्रकाशित
Total Shares: 345
काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको हो ।
भक्तपुर निवासी ६२ वर्षिय पुरुषको शुक्रबार राति ९:४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, पाटनमै काठमाडौं निवासी ५१ वर्षिय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो । ती पुरुषलाई भदौ १९ गते अस्पताल ल्याइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस