एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै
खबर एक्सप्रेस
२०८१-०८-१४ ०७:२६ मा प्रकाशित
Total Shares: 92
काठमाडौं - एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपाल आज श्रीलंकासँग भिड्दैछ ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।
अर्को खेलमा आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस