परराष्ट्रमन्त्री आरजुको चीन भ्रमण स्वीकृत
खबर एक्सप्रेस
२०८१-०८-१० ०८:०५ मा प्रकाशित
Total Shares: 112
काठमाडौं - परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । अब परराष्ट्र मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन् ।
परराष्ट्र मन्त्रीको टोलीमा रहने व्यक्तिहरूको भ्रमण पनि स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने चीन भ्रमणको पूर्व तयारीका लागि परराष्ट्र मन्त्री बेइजिङ जान लागेकी हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस