ललितपुर - ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते छन्

बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बसमा यात्रा गरिरहेकी करिब ४० वर्षकी यात्रुको मृत्यु भएको छ। उनको पहिचान खुलिसकेको छैन।

अन्य १० जना घाइतेलाई बि एण्ड बी अस्पतालमा लगिएको छ। 

गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसनधान हुँदैछ ।