एजेन्सी - सुशान्त सिंह राजपूतको मृत्यु भएको दुई हप्ता बितिसक्यो । उनको यादमा थुप्रै बलिउडकर्मीेले विभिन्न तरिकाले सम्झिरहेका छन् । धेरैले उनलाई सामाजिक सञ्जाल तस्बिर पोस्ट गर्दै सम्झिरहेका छन् । तर, सुशान्तकी सहकर्मी भूमि पेडणेकरले भने सुशान्तको यादमा अलि फरक काम गरेर सम्झिने भएकी छिन् ।
भूमिले द अर्थ फाउन्डेशनमार्फत् ५ सय ५० खाँचोमा परेका परिवारलाई खाना खुवाउने भएकी छिन् । उनलाई अभिषेक कपुरकी श्रीमती प्रज्ञाले साथ दिनेछिन् । यसको जानकारी उनले इन्स्टाग्रामको एउटा पोस्टमार्फत् दिएकी हुन् ।
‘मैले ‘एक साथ फाउन्डेशन’ मार्फत् आफ्ना प्रिय साथीको यादमा ५५० गरिब परिवारलाई खाना खुवाउने संकल्प गरेकी छु’ सुशान्तको फोटो सेयर गर्दै भूमिले लेखिन्, ‘आउनुहोस्, हामी साथ मिलेर खाँचो परेका व्यक्तिहरुप्रति दया र प्रेम देखाऔं किनभने अहिले उनीहरुलाई यसको सबैभन्दा धेरै खाँचो छ ।’
१६ दिनअघि सुशान्तले मुम्बईस्थित आफ्नै अर्पाटमेन्टमा आत्महत्या गरेका थिए ।

.gif)


