काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।
नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए । दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने छ।
खनाल सोमबार काठमाडौं फर्किनेछन् । यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।

.gif)



