फिफा विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल
खबर एक्सप्रेस
२०८०-०७-३० ०९:०० मा प्रकाशित
Total Shares: 85
काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ ।
युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।
दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।
यस्तै नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।
फेसबुक पेज Like गर्नुहोस