काठमाडौं - नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । 

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार विधान अधिवेशन र ४ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकबारे एजेण्डा तयकाे लागि छलफल गर्न  स्थायी कमिटीको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

शुक्रबार पनि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर, नेपाल पक्षको उपस्थिति बिनै शुक्रबार बसेकाे  बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। साथै, कार्यदललाई धन्यवाद दिँदै कार्यदल नै विघटन भएको घोषणा गरेको थियो।