उपत्यकामा थपिए १५ सय बढी संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-१६ ०५:०८ मा प्रकाशित
Total Shares: 422
काठमाडौं - काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस