वडाध्यक्ष शंकर पाण्डेको नेतृत्वमा उदाहरणीय वडाको रूपमा स्थापित हुँदै कागेश्वरी मनोहरा–५
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ विकासको गतिले अभूतपूर्व फड्को मारेको छ। वडाध्यक्ष शंकर पाण्डेको अथक प्रयास र समर्पणले वडाको स्वरूप नै परिवर्तन हुन थालेको छ। विगतमा अपेक्षित विकास नदेखिएको यस वडामा आज सडक, बत्ती, ढल, खानेपानी जस्ता भौतिक पूर्वाधारहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्।
वडाध्यक्ष पाण्डे वडाबासीका लागि अविराम खटिनुलाई आफ्नो पहिलो दायित्व ठान्नुहुन्छ। शनिबार जस्तो विदाको दिन पनि उहाँ आफैँ सडक ढलानको अनुगमनमा सक्रिय रहनुभएको दृश्यले उहाँको प्रतिबद्धताको स्पष्ट प्रमाण प्रस्तुत गर्छ। पछिल्लो शनिबार मात्रै उहाँ शान्तिटोल क्षेत्रमा सडक ढलानको कार्य निरीक्षणमा आफैँ उपस्थित हुनुभयो।
फोहोरमैला व्यवस्थापनदेखि वर्षौंदेखि अनधिकृत रूपमा सञ्चालन हुँदै आएका बंगुर फार्महरू हटाउनसमेत वडाध्यक्ष पाण्डे सफल हुनुभएको छ, जसले वडाको वातावरणीय अवस्थालाई समेत सुधार गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ भौगोलिक तथा प्रशासनिक हिसाबले नगरपालिकाको केन्द्र क्षेत्रसमेत हो। यति महत्वपूर्ण स्थानलाई व्यवस्थित र आधुनिक बनाउन वडाध्यक्ष शंकर पाण्डेको प्रयास मात्र नभई नगर प्रमुख उपेन्द्र कार्कीको दृढ र भरपर्दो सहकार्यले पनि ठूलो भूमिका खेलेको छ।
स्थानीयवासीहरू भन्छन्, 'वडाध्यक्ष पाण्डे जस्तै निष्ठावान र कर्मठ नेतृत्व पाउनु वडाका लागि सौभाग्य हो। उहाँको निरन्तर प्रयासले वडा नं ५ अब उदाहरणीय वडाको रूपमा स्थापित हुँदैछ।'
शनिबार सडक ढलान अनुगमन गर्दाको तस्बिरहरु
फेसबुक पेज Like गर्नुहोस