काठमाडौं - राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। युवतीको आइसियूमा उपचार भइरहेको थियो ।

काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो।