काठमाडौं - वर्षायाम चलिरहँदा साउन ४ गतेबाट नदीमा पानीको वहाव वढ्न सक्ने भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तराईमा वहने नदिमा पानीको वहाव बढनेछ । कन्काई, कोशी, कमला, नारायणी, बाग्मती, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणले जनाएको छ ।

बिहीवार नारायणी, कर्णली, महाकाली, र यसका सहायक नदीमा वहाव देखिएपनि खतराको संकेत भने देखिने छैन । यस्तै कोशी र यसका सहायक नदीहरु बलेफी, भोटेकोशी, सुनकोशी, तामाकोशीमा पनि पानीको वहाव वढने तर खतराको संकेत भने देखिने छैन ।

साउन ४ गतेपछिका ५ दिनमा पानीको वहाव उच्च हुने भएकाले सबै सजग रहन प्राधिकरणले आग्रह गरेको छ ।